+

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा

२०८१ जेठ  ३ गते ११:३१ २०८१ जेठ ३ गते ११:३१
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा

३ जेठ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् ।

सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म त्यो दिन कहिल्यै भुल्ने छैन, जब पहिलो पटक मैले देशका लागि खेल्ने मौका पाएको थिएँ ।’

उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए । पहिलो खेलमै उनले गोल समेत गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा क्रिष्टियानो रोनाल्डो (२०५ खेलमा १२८ गोल) र लिओनल मेस्सी (१८० खेलमा १०६ गोल) पछि धेरै गोल सुनिलले गरेका छन् ।

उनले १५० खेलमा ९४ गोल गरेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय