+

एन्फाको विशेष साधारण सभा सुरु

२०८० माघ  ८ गते १२:२८ २०८० माघ ८ गते १२:२८
एन्फाको विशेष साधारण सभा सुरु

८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा ललितपुरमा सुरु भएको छ । यसअघि नियुक्त लेखा परीक्षकको अनुमोदन गर्ने एउटा मात्रै प्रस्ताव ल्याएर एन्फाले विशेष साधारण सभा बोलाएको हो ।

२ पुसको एन्फाको कार्यसमिति बैठकले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यै निर्णय अनुमोदन गर्न साधारण सभा बसेको हो ।

यो एन्फाको ३ महिनभित्र बसेको दोस्रो साधारण सभा हो । यसअघि कात्तिक २३ गते हेटौंडामा विशेष साधारणसभा भएको थियो । यस्तै १४ फागुनमा एन्फाले नियमित साधारण सभा पनि बोलाइसकेको छ ।

खेल प्रतियोगिता चाहिँ नगरेको तर ४ महिनामै तीन वटा साधारण सभा गर्न लागेको भन्दै एन्फा कार्यसमितिकै सदस्यहरुले नेतृत्वको विरोध गर्दै आएका छन् ।

एन्फा बैठक एन्फा विशेष साधारणसभा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय