+

पोशिलो स्पोर्ट्स डे फागुन १२ गते हुने

२०८० फागुन  १० गते ५:३३ २०८० फागुन १० गते ५:३३
पोशिलो स्पोर्ट्स डे फागुन १२ गते हुने

१० फागुन, काठमाडौं । यही फागुन १२ गते पोशिलो स्पोर्ट्स डे आयोजना हुने भएको छ।

पोशिलो फूड्स, जिम वुल्फ फिटनेस, एनवाइएफसी नेपाल, पुल्चोक गर्ल्स क्लब र रिभोल्ट स्पोर्ट्स क्लबले संयुक्त आयोजनामा ‘पोशिलो स्पोर्ट्स डे’ को आयोजना हुन लागेको कार्यक्रम आयोजना प्रमुख भावना कलवानीले जानकारी दिइन् ।

पुल्चोक ग्राउण्डमा हुने उक्त पोशिलो स्पोर्ट्स डे मार्फत सबैलाई स्वास्थ्य, फिटनेस र खेलकुदमा सक्रिय रहन प्रोत्साहित गर्न लागिएको आयोजकले जनाएको छ ।

यस स्पोर्ट्स कार्यक्रमको मुख्य आकषर्णको रुपमा ६ किलोमिटर दौड रहने छ । जसमा पुरुष र महिला दुवैमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै अल नेपाल ३ पोइन्ट च्यालेन्ज र अल नेपाल डेड ह्यांग च्यालेन्ज सहायक कार्क्रमको रुपमा हुनेछ । प्रत्येक श्रेणीमा पुरुष र महिला टप-१० प्रतिस्पर्धीलाई ५०,००० मूल्य बराबरको पुरस्कार प्रदान गरिनेछ ।

३ पोइन्ट च्यालेन्जका टप ३ प्रतिस्पर्धीलाई पुरस्कार स्वरूप, प्रथम स्थान पाउने व्यक्तिलाई २०,००० मूल्य बराबरको पुरस्कार प्रदान गरिनेछ ।

यस कार्यक्रममा बास्केटबल, फुटबल, र क्रिकेटका मिनि गेम्स समावेश गरिएका छन् । च्यालेन्ज पूरा गर्ने सबै प्रतिस्पर्धीले पुरस्कार र गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।

मुख्य र सहायक कार्यक्रममा सहभागि हुन प्रि-रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ, जसको लागि इसेवा एप मार्फत प्रि-रजिस्ट्रेशन गर्न सकिने आयोजकले जनाएको छ ।

पोशिलो स्पोर्ट्स डे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय