+

ओपन दुआथलनमा नेपालका हिमाल र मञ्जुलाई उपाधि

२०८१ वैशाख  १६ गते २०:१४ २०८१ वैशाख १६ गते २०:१४
ओपन दुआथलनमा नेपालका हिमाल र मञ्जुलाई उपाधि

१६ वैशाख, पोखरा । पोखरामा सम्पन्न भएको ‘ओपन दुआथलन’ प्रतियोगिताको पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाली खेलाडी च्याम्पियन बनेका छन् ।

नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आइतबार भएको ओपन तथा राष्ट्रिय दुआथलन च्याम्पियनसिपमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का च्याम्पियन बनेका हुन् ।

साढे सात किमी दौड र २० किमी साइक्लिङको निर्धारित दूरी उपाधि विजेता टमटाले ५१ मिनेट २४ सेकेण्डमा पूरा गरे । नेपालकै नवराज न्यौपानेले सो दूरी पार गर्न एक घण्टा तीन मिनेट ४७ सेकेण्ड लगाउँदै दोस्रो र लक्ष्मण मल्लले एक घण्टा चार मिनेट ५८ सेकेण्डमा दूरी पार गरी तेस्रो बने ।

पुरुषतर्फको खुला प्रतिस्पर्धामा नेपाल सहित भारत, बंगलादेश र जर्मनीका गरी नौ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ तीन खेलाडीमात्र सहभागी थिए । महिला ओपन दुआथलनमा च्याम्पियन बन्न सफल टोलीलाईनै राष्ट्रिय च्याम्पियन घोषणा गरिएको थियो ।

यसैगरी महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता खड्काले निर्धारित दूरी एक घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गरिन् । पुष्पा रोकायले एक घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेर दोस्रो बन्दा प्रमिला धमलाले एक घण्टा २८ मिनेट ३४ सेकेण्डमा सो दूरी पूरा गरी तेस्रो बने ।

खेलकुद दुआथलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय