+

यु–१६ क्रिकेट बुधबारदेखि

२०८१ वैशाख  १७ गते २१:४७ २०८१ वैशाख १७ गते २१:४७
यु–१६ क्रिकेट बुधबारदेखि

१७ बैशाख, काठमाडौं ।  काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता बुधबारदेखि हुने भएको ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित गिफ्ट ह्याम्पर दिइने छ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले १ हजार नगदसहित गिफ्ट ह्याम्पर पाउने छन् ।

मुख्य प्रायोजकमा स्व. जयकुमार नाथ शाहका परिवार रहेका छन् । जम्मा २७ खेल हुने प्रतियोगिताका खेलहरु मूलपानीको दुवै क्रिकेट मैदानमा खेलाइने छ । बैशाख ३० गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख २६ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तरविद्यालय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय