श्रीलंकन दिलशान मुनाविराले विराटनगरबाट ईपीएल खेल्ने
२०७८ असोज २ गते १०:२८
२ असोज, काठमाडौं । श्रीलंकाका दिलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।
विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।
विराटनगरले यसअघि जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा, क्यानडाका रेयानखान पठान र वेस्ट इन्डिजका हेमराज चन्द्रपललाई अनुबन्ध गरेको थियो ।
चौथो संस्करणको ईपीएल यही असोज ९ देखि २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4