
१८ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको दाबी गरेका छन् । पार्टीको विधान महाधिवेशनमा कसैले पनि फरक मत दर्ज नगरेको उनको भनाइ छ ।
सोमबार पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेको सोमबार पत्रकारसँग कुरा गर्दै एमाले संगठन विभाग प्रमुख समेत रहेका पौडेलले विचार, संगठनसहित पार्टी सबै हिसाबले एकतावद्ध रहेको दाबी गरे ।
‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ,’ उनले भने, ‘त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रुपमा फरक मत राखेन भने देखिन ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ ।’
उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको जिकीर गरे । विधान महाधिवेशनको उपस्थिति, त्यहाँ भएको छलफल र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ ।
पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै स्वार्थवस, कुण्ठावस र इस्र्यावस केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरु पुनः फर्किने क्रम शुरु भएको दाबी गरे ।
प्रतिक्रिया 4