+
+

मलिकाको पहिलो चलचित्र ‘यात्रा’ युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ११:२२

नेपाली चलचित्र ‘यात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरिएको हो । सम्राट शाक्यको कथा एवं निर्देशन रहेको चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

सुशील पोखरेल निर्माता रहेको चलचित्रमा सलिनमान बनियाँ र मलिका महत मुख्य भूमिकामा छन् । अहिले म्युजिक भिडियोमा निकै रुचाइएकी मलिकाको यो पहिलो चलचित्र हो । सलिनमानको भने यो दोस्रो चलचित्र हो ।

चलचित्रमा सलोन बस्नेत, धिरेन शाक्य, रेअर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत लगायतको पनि अभिनय छ ।

यो चलचित्रले हलबाट आफ्नो लगानी सुरक्षित गर्न सकेको थिएन । युट्युबमा भने चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै युट्युब ट्रेण्डिङको दुई नम्बर स्थान ओगटन सफल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?