+
+

एलिजाले साइन् गरिन् ‘घुइँचो’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ११:११

१ मंसिर, काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो चलचित्र साइन गरेकी छन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुइँचो’मा साइन गरेकी हुन् ।

निर्माता दैलेखी र नायिका गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ । एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ । ‘घुइँचो’मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’

निर्माता दैलेखीले नायिका गौतमसँग सम्झौता भएको र अन्य कलाकार पनि चाँडै फाइनल गर्ने जानकारी दिए । यो चलचित्रको विषयमा दैलेखीले भने, ‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’

यसअघि चलचित्र ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् । तर, विविध कारणले उनले यो चलचित्र छाडेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?