
६ मंसिर, काठमाडौं । बलिउड स्टार कार्तिक आर्यन आज आफ्नो जन्मदिन मनाइरहेका छन् । अहिले सफल अभिनेता बनिसकेका कार्तिकको बलिउड यात्रा भने त्यति सजिलो थिएन ।
मध्यप्रदेशको ग्वालियरबाट अभिनेता बन्ने सपना बोकेर आएका कार्तिकको मुम्बई संघर्षको कथा निकै लामो छ । शुरुमा फिल्ममा मौका पाउनका लागि अडिसन दिने र भाडाको घरमा बस्दै आएका उनको अहिले मुम्बईमै आलिशान अपार्टमेन्ट र चलचित्रको लामो लाइन छ ।
कार्तिक हाल मुम्बईको वर्सोवास्थित ल्याबिश अपार्टमेन्टमा बस्छन् ।
कार्तिकको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’ अहिले नेटफ्लिक्समा प्रसारण भइसकेको छ । यो चलचित्रमा उनले निभाएको भूमिकालाई दर्शकहरुले प्रशंसा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4