+
+

मिस मंगोलको उपाधि काठमाडौंकी एप्रिला लामालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:११
मिस मंगोल नेपाल-२०२१ की विजेता एप्रिला लामा (दायाँ)

४ पुस, काठमाडौं । ‘मिस मंगोल नेपाल-२०२१’को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । उपाधिसहित उनले एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज हात पारेकी छन् ।

यस्तै ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेण्ड रनरअप घोषित भए । प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ घोषित भए । त्यसैगरी खोटाङकी सान्त्वना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक तथा मिस लिडरसिप घोषित भए ।

मिस मंगोल प्रतियोगिताको निर्णायकमा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, मिस मंगोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा र म्युजिक भिडियो निर्देशक विज्ञान राई रहेका थिए ।

एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?