
११ माघ, काठमाडौं । अहिले किनमेलका लागि नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गल्लीभित्रका चिया पसल हुन् या काठमाडौंका चोकचोकमा भेटिने ठेला व्यापारीहरु । अधिंकाश अहिले स्मार्ट बनेका छन् । परम्परागत भुक्तानीमात्रै होइन उनीहरु डिजिटल माध्यमबाट सहजै भुक्तानी लिन्छन् । अहिले कतिपय पसलहरुमा दुजुरा पैसा नहुँदा ‘ई-सेवा’ गरिदिनुसन् न भन्ने चलन छ । मान्छेका मोवाइलमा वालेट छन् ।
गोजीमा नगद नभए पनि सहजै डिजिटल कारोबार गर्न सक्छन् । डिजिटल कारोबारले पैसाको सुरक्षा र समयको बचत दुबै हुन्छ । यसले पनि डिटिल कारोबारतर्फ सर्वसाधारणहरुको आकर्षण बढाएको छ ।
केही वर्ष अघिसम्म अवस्था निकै फरक थियो । नगद बोक्नै पर्ने बाध्यता एकातिर थियो भने डिजिटल कारोबारलाई विस्वास गर्नेहरुको संख्या पनि अत्यन्तै कममात्रै थियो । ठूला पसलहरुमा नगद कारोबारमै जोड गरिन्थ्यो ।
आज भन्दा ठ्याक्कै १३ वर्ष अगाडि नेपालमा ई-सेवा नामको वालेट सञ्चालनमा आयो । यसले डिजिटल कारोबारमा एक किसिमको नयाँ सोच, शैली र पद्धती बदलेर नयाँ ऊर्जा सञ्चार गरेको थियो ।
मंगलबारबाट ई-सेवा १३ वर्ष पुगेर १४ वर्ष लाग्दैछ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भयो ।
कम्पनीका अनुसार शुरुवाती अवस्था एकदमै कठीन थिए । मान्छेलाई वालेटबारे बुझाउनै समस्या थियो । ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटा भन्छन्, ‘त्यसबेला डिजिटल कारोबार आवश्यकता थियो, तर कारोबार गर्नका लागि उचित च्यानल थिएन ।’
यो १३ वर्षको अवधिमा ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ६० लाख पुगेको छ । बिजुलीको महसुल भुक्तानी इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न इसेवाले सजिलो बनाएको छ । अझ कोभिड पछि डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण बढ्दो छ ।
कोभिडपछिको डिजिटल कारोबार
‘कोभिड नभएको भए चलि त रहेको त विस्तारै गरौला भन्ने किसिमको मानसिकता हुन्थ्यो होला तर कोभिड पछि डिजिटल कारोबार त आवश्यकता नै रहेछ भन्ने भयो’ सीईओ सापकोटा भन्छन्, ‘नगरी सुखै छैन भन्ने भए पछि यसै पनि आकर्षण बढ्ने नै भयो ।’
ई-सेवा वालेट शुरु हुनुअघि नेपालमा अरु वालेटहरु थिएनन् । अहिले त वालेटहरुको संख्या नै २७ पुगिसकेको छ । वालेटको पायोनियर नै ई-सेवा भएका कारण नगद कारोबारसँग एक्लै भिड्नु पर्ने अवस्था थियो । अहिले पनि नगद कारोबारलाई नै आफूहरुको मूख्य प्रतिष्पर्धी मान्छन् सीईओ सापकोटा ।
सञ्चालनमा रहेका अन्य कम्पनीहरु प्रतिष्पर्धी भन्दा पनि आफूहरुले सहयात्रीको रुपमा लिने गरेको सापकोटाले बताए । मूख्य प्रतिस्पर्धा भने अहिले पनि नगदसँगै हुनुपर्ने उनी बताउँछन् । १३ वर्षको अवधिमा धेरै मान्छेहरु वालेटको दुनियामा जोडिए । खाजा खान जादा होस या हवाई टिकट लिनुपर्दा होस नगद कारोबार गर्ने धेरैको भुक्तानी आचरण नै बलदियो ।
‘पहिले नगदमै जोड गर्नेहरु पनि अहिले डिजिटल राम्रो भन्नु हुन्छ, अहिले धेरैको सोच नै बदलिएको छ’ सीईओ सापकोटा भन्छन् । बजारमा स्थापित हुन ई-सेवाले धेरै संघर्ष गर्यो । जसको फलस्वरुप अहिले वालेट भन्ने वित्तिकै पहिलो नम्बरमै ई-सेवा सोचिन्छ । अर्थात वालेटको पर्यायवाची नै बनेको छ ।
ई-सेवा सञ्चालनमा आएपछि पनि डिजिटल कारोबारको लागि चाहिने पूर्वाधारहरु थिएनन् । ‘मोबाइल पेमेन्ट भनि रहेका थियौँ, त्यति बेला मोबाइल समेत थिएन । इन्टरनेट सेवा प्राप्त मात्रैमा सबै स्थानमा थिएन’ उनले भने, ‘बैंकिङ सेवाको हिसावले अहिलेको डिजिटल कारोबारका लागि सहज रुपमा भौतिक पूर्वाधारहरु थिएन । हामीले इसेवा शुरुवात गर्दा यस्ता संरचनाहरुको अभाव झेल्नु परेको थियो ।’
ई-सेवा स्थापना भएको चार/पाँच वर्षको दौडानमा मोबाइल फोनको सबैको हातमा पुग्न थाल्यो । त्यस्तै, इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको विकास पनि तीव्र गति बढ्दै गयो । त्यसपछि डिजिटल कारोबारको लागि विस्तारै संरचनाहरुको विकास भयो ।
डिजिटल कारोबार गर्नको लागि मोबाइल तथा इन्टरनेट सेवाको चुनौति सामना भयो । अझै कारोबार गर्नको लागि सरकारसँग डिजिटल कारोबार सम्बन्धि कानून नै थिएन । तर, ई-सेवा कम्पनी रजिस्टारमा दर्ता भएर अन्तर्राष्ट्रिय प्रयोगका आधारमा चलिरहेको थियो ।
नेपालमा कानून बनेको थिएन । त्यतिबेला ई-सेवा जस्तो संस्थालाई कसले नियमन गर्ने कसले लाइसेन्स दिने, जनताले कसरी विस्वास गर्ने, ई-सेवामा राखेको पैसाको सुरक्षा कसरी हुन्छ, त्यहाँ भएको पैसा ई-सेवाले राख्न पाउने हो की नपाउने हो भन्ने धेरै चुनौतीहरु थिए ।
यस्ता चुनौतिहरु स्थापनाको दोस्रो चरणमा आए पछिका थिए । अहिले यस्ता खालका चुनौतीहरु समाधान भइसकेका छन् । अहिले राज्यले डिजिटल कारोबारको लागि कानून बनाएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्न लाइसेन्स दिने, त्यस्ता संस्थालाई नियमन गर्ने गरी छुट्टै विभाग स्थापना गरेको छ ।
सीईओ सापकोटा भन्छन्, ‘यसरी कुनै पनि संरचना र कानूनबिना स्थापना भएको ई-सेवा अहिले संरचना र कानून बनेर सहज रुपमा आइपुगेका छौँ । अब हाम्रो लागि नयाँ चुनौतीहरु थपिएको छन् । जसमा सुरक्षाको चुनौती रहेको छ ।’
यतिबेला डिजिटल पेमेन्टबाट मात्रै अब यो ई-सेवा चल्छ कि चल्दैन भन्ने चुनौती आएका छन् ।ई-सेवाबाट डिजिटल कारोबार त भयो, अब योभन्दा बाहेक आर्थिक कारोबारको डिजिटल लाइसेन्सको प्रक्रिया के हो भन्नेमा ग्राहकको चासो छ ।
‘ई-सेवा दुई चार लाख लगानी गरेर स्थापना गरिएको कम्पनी हो, आजको दिनसम्म आइपुग्दा अनेकन चुनौतीहरुलाई साथै साथै लिएर आउँदा कम्पनी एउटा उद्योगको रुपमा परिणत भएको छ’ उनी भन्छन्, ‘यो उद्योग नेपालमा आफैंमा युनिक छ । ई-सेवाले नेपालको आर्थिक विकासलाई सहयोग गरौँ भने जुनसुकै उद्योगमा राज्यले लगानी गर्दछ, राज्यले नै शुरुवात गर्दछ । नेपालमा बैंकिङ क्षेत्रलाई हेरौं बैंकलाई राज्यले स्थापना गर्यो । बैंकले यस्तो वस्तु व्यापार गर्न मिल्छ भनेर कानून निर्माण गर्यो र जनतालाई जनचेतना जगायो । त्यसपछि नीजि क्षेत्रले बैंक खोल्न शुरुवात गरे ।’
ई-सेवाका प्रयास
इसेवाले यो वर्ष केही नयाँ काम गर्ने प्रयास गरिहेका सीईओ सापकोटा बताउँछन् । ‘धेरै काम मध्येको एकदमै महत्वपूर्ण सर्भिस भनेको सेक्युरेट फन्ड ट्रान्सफर भर्खरै शुरुवात गरेका छौँ, यो पैसा लेनदेन गर्ने क्रममा पैसा लेनदेन गर्नुको उद्देश्य हुन्छ’ उनी भन्छन्, ‘जसमा आर्थिक कारोबार, विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर बेचिरहेको छ, यस्तो अवस्थामा गलत मनसाय भएका मानिसहरुले पैसा लिने तर आफूले गर्नुपर्ने सामानको डेलिभरी नगर्ने कामहरु भइरहेको छ ।’
त्यसलाई व्यवस्थापन गर्नको लागि यो सेवाको शुरुवात गरेको उनी बताउँछन् । त्यसले कुनै पनि भुक्तानी दिन मान्छेले आफूले सर्भिस नलिँदासम्म त्यो फन्ट ट्रान्सफर हुन्छ तर, पैसा गएको हुँदैन । सामान लिएपछि मात्रै पैसा दिने गरी ट्रान्सफर फन्ट शुरुवात गरेको उनले बताए ।
उनका अनुसार यसले बजारबाट राम्रो प्रतिक्रियाहरु आएको छ । गलत मनसाय भएर कारोबार गर्न खोज्ने मान्छेहरुलाई निरुत्साहित गर्ने सहयोग गरिहेको छ । अर्को अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने गरी इसेवाले काम गरिहेको छ । जुनसुकै देशमा जानको लागि इसेवाबाट अनलाइन हवाई टिकट लिन सकिन्छ ।
उनी भन्छन्, ‘यसरी विभिन्न फरक-फरक सेवाहरु ई-सेवामा ल्याएर सेवाहरु दिइरहेका छौँ । भने बजारको मागलाई ई-सेवामा आवद्ध गराउने काम पनि गरिहेका छौँ । त्यस्तै सरकारले गर्ने विभिन्न काममा पनि इसेवा जोडिँदै गएको छ । जस्तो ट्राफिक जरिवाना इसेवामा ल्याएका छौँ ।’
वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृतिको लागि बुझाउनु पर्ने पैसा र इन्स्योरेन्सको पि्रमियम पनि इसेवाबाट पेमेन्ट गर्न सकिने बनाइएको छ ।
ई-सेवाले १३ वर्ष काम गर्दा दुई वटा विषयमा बजारमा स्थापित गरेको सीईओ सापकोटा बताउँछन् । जसमा खुद्रा पैसा भुक्तानीमा ‘प्राइमरी च्यानल अफ पेमेन्ट’ अनलाइन हो भन्ने कुरा बजारमा शुरुवात गर्यो ।
अहिले बिजुली, टेलिफोनको बिल तिर्न लाइन बस्न बाध्यता छैन । त्यो कुराको थालनी पनि ई-सेवाले नै बनाएको हो । अर्को पेमेन्ट मात्रै होइन, सर्भिस डेलिभरी पनि अनलाइन हुनुपर्छ भन्ने कुरा पनि ई-सेवाले कायम गरायो ।
सर्भिस डेलिभरीमा लाइन की अनलाइन भन्ने बीच फरक देखिन थालेको छ । खुद्रा पेमेन्ट अलाइन हुनुपर्छ भन्ने कुरा विश्वमा स्थापित भएको छ । त्योसँगै ई-सेवाले सर्भिस डेलिभरी अनलाइन हुनुपर्छ भन्ने कुरा इसेवाले सबैलाई सिकाएको कम्पनीको दावी छ ।
प्रतिक्रिया 4