+
+

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १८:२८

मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ ।

मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् ।

नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु भएको छ । यसका साथै अब मेसेन्जरमा यदि कसैले तपाईंसँगको च्याटको स्क्रिनशट लियो भने त्यसको अलर्ट अर्थात् सूचना तपाइँलाई प्राप्त हुनेछ ।

फेसबुक मेसेन्जरको नयाँ अपडेटसँगै स्वाइप टू रिप्लाइको फिचर पनि थपिएको छ । च्याटका अतिरिक्त फेसबुक मेसेन्जरको कल पनि अब एन्ड टू एण्ड एन्क्रिप्टेड हुनेछ । मेटाका अनुसार मेसेन्जरको सेक्रेट च्याट अब पहिलेको तुलनामा अझै उत्कृष्ट ढंगले सुरक्षित बनेको छ । मेटाले मेसेन्जरको Vanish Mode लाई स्क्रिनशट अलर्टमा परिवर्तन गरेको छ ।

मेसेन्जरमा सुरु भएको end to end encryption फिचर हालका लागि डिफल्ट भने छैन । सन् २०२२ को सुरुवातसँगै यसलाई मेसेन्जरमा डिफल्ट रुपमै सुरु गरिने अपेक्षा थियो, तर हालका लागि केवल सेक्रेट च्याटमा मात्र उपलब्ध छ । मेसेन्जरमा आमरुपमा यो फिचर आगामी वर्षदेखि सुरु हुने बताइएको छ ।

नयाँ अपडेटसँगै प्रयोगकर्ताले अब GIF तथा स्टिकरहरु पनि पठाउन सक्नेछन् । त्यस्तै कुनै मेसेजमा इमोजीबाट जवाफ फर्काउन सकिनेछ । यसका साथै प्रयोगकर्ताले कुनै मेसेजलाई धेरैबेर थिचेर वा स्वाइप गरेर पनि त्यसको जवाफ फर्काउन सक्नेछन् ।

नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले सेक्रेट च्याटका भिडियो तथा फोटोहरुलाई सेभ गर्ने विकल्प पनि प्राप्त गर्नेछन् साथै फोटो तथा भिडियो पठाउनु अगाडि त्यसलाई इडिट गर्न पनि सकिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?