
२३ माघ, काठमाडौं । त्रिवि सेवा आयोगले स्थगित उपप्राध्यापक पदको परीक्षा आगामी फागुन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
त्रिवि सेवा आयोगले २०७७ साल फागुन ९ गते र २०७८ साल असार १५ गते उपप्राध्यापक पदका लागि विज्ञापन खुला गरेको थियो । विशेष कारणवश २०७८ साउन १८ गते स्थगित लिखित परीक्षा आउँदो फागुन २२ गतेदेखि हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।
समयतालिका अनुसार परीक्षा फागुन २२ गतेदेखि चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । आयोगले विभिन्न विषयका ६७२ रिक्त उपप्राध्यापक पदका लागि खुला प्रतियोगितातर्फको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । आयोगले विभिन्न कारण देखाउँदै यस अघि पटक पटक परीक्षा स्थगित गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4