
१५ फागुन, काठमाडौं । पुस २ गते नेपाली बक्स अफिसमा रिलिज भएको साउथ चलचित्र ‘पुष्पा’ले धमाका नै मच्चायो । यो चलचित्रले १० करोडभन्दा बढी ग्रस कलेक्सन नेपाली बक्स अफिसमा गरेको बताइन्छ ।
यो चलचित्र चलेपछि नेपालका हलमा साउथका हिन्दी डब चलचित्र भित्र्याउन वितरकहरु लागिपरेका छन् । विशेषगरी वितरक मनोज राठी र उनको टिमले नेपालमा साउथका चलचित्र भित्र्याइरहेको छ ।
तर ‘पुष्पा’पछि साउथ चलचित्रका लागि उनीहरुले गरेको लगानी बालुवामा पानीजस्तै भएको छ । वितरकले यसपछि चलचित्र ‘खिलाडी’ रिलिज गरे । फागुन १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले नेपालमा पानी भन्न पाएन । बक्स अफिसमा रवि तेजाको स्टारडम चम्किएन ।
यस्तै शुक्रबारदेखि साउथको अर्को चलचित्र ‘वलिमै’ पनि रिलिज भयो । साउथका स्टार अजित कुमारको चलचित्र हेर्नका लागि नेपाली दर्शकले खासै रुचि देखाएनन् ।
वितरक यो चलचित्रबाट पनि नराम्रोसँग चिप्लिएका छन् । यो चलचित्रले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा उनीहरुको थियो । ‘वलिमै’लाई दर्शकले नरुचाएपछि आइतबाट यसका शोहरु धेरै कटौती भएका छन् ।
यसरी हेर्दा नेपाली दर्शकले साउथका सबै चलचित्रलाई रुचाउँछन् भन्ने देखिएको छैन । दर्शकले चलचित्र ‘आरआरआर’ र ‘केजीएफ २’लाई भने प्रतीक्षा गरिरहेका छन् ।
प्रतिक्रिया 4