
१८ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि भौतिक एवं मानव क्षति बढ्ने क्रम जारी छ ।
सुरक्षा एवं सहयोग खोज्दै शरणार्थीको रुपमा अन्य मुलुक प्रवेश गर्ने युक्रेनीहरूको संख्या समेत ह्वात्तै बढ्न थालेको छ ।
शरणार्थीका लागि संयुक्त राष्टसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले बिहीबारयता शरण खोज्दै अन्य मुलुक प्रवेश गर्नेको संख्या साढे ८ लाखमाथि पुगेको बताएको छ ।
यूएनएचसीआरका अनुसार देश छाडेर अन्यत्र जाने युक्रेनीको संख्या झण्डै ८ लाख ७५ हजार पुगेको छ ।
यसरी देश छाडेर अन्यत्र मुलुक जाने युक्रेनीमध्ये अधिकांश छिमेकी मुलुक पोल्याण्ड गएका छन् । हालसम्म पोल्याण्डमा चार लाख ५३ हजार ९८२ जनाले शरण लिन पुगेका छन् ।
त्यस्तै हंगेरीमा एक लाख १६ हजार ३४८ युक्रेनीले शरण लिएका छन् । मोल्दोभा, स्लोभाकिया, रोमानिया र रुसमा पनि युक्रेनीहरू पुगेका छन् ।
जारी युद्ध नरोकिए शरणार्थी बनेर बाहिर जाने युक्रेनीहरूको संख्या आगामी दिनमासमेत निकै बढ्ने देखिन्छ । अलजजिराबाट
प्रतिक्रिया 4