
७ चैत, काठमाडौं । भारतको उत्तराखण्डमा पुष्कर सिंह धामी मुख्यमन्त्री बन्ने भएका छन् । देहरादुनान विधान मण्डल दलको बैठकपछि रक्षामन्त्री राजनाथ सिंहले यो घोषणा गरेका हुन् ।
भारतीय जनता पार्टी (भाजपा)ले विधानसभाको यो चुनाव धामीकै अगुवाइमा लडेको थियो। जसमा बिजेपीले ८० मा ४७ सिट जितेको छ । यद्यपि मुख्यमन्त्रीका दाबेदार धामी भने पराजित भएका थिए। उनलाई खटीमा कांग्रेसका भुवन कापडीले हराएका थिए ।
धामीले चुनाव हारेपछि मुख्यमन्त्रीमा अरु नामको चर्चा भएको थियो । तर भाजपाले धामीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री बने पनि धामीले ६ महिनाभित्र चुनाव जितेर विधायक बन्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4