+
+

नेप्सेमा गठन भयो आधिकारिक ट्रेड युनियन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १२:४८

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आधिकारिक ट्रेड युनियन गठन भएको छ । आधिकारिक ट्रेड युनियनको रुपमा नेप्से कर्मचारी संघ गठन भएको हो ।

कार्यरत कर्मचारीको भेलाले आधिकारिक रुपमा कर्मचारी संघ गठन गर्ने निर्णयअनुसार चैत १६ गतेका दिन नेप्से कर्मचारी संघ दर्ता भएको अध्यक्ष नवराज थापाले जानकारी दिए ।

थापाको अध्यक्षतामा गठन भएको संघमा हाल ७ सदस्य छन् । उपाध्यक्षमा मना भुसाल, सचिवमा रेशमप्रसाद लामिछाने, कोषाध्यक्षमा सावित्रा केसी, सदस्यहरुमा आकृति दंगाल, नितुकुमारी यादव र कृपा श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?