+
+

चीनमा भूकम्प, काठमाडौंमा धक्का

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते १८:१४

१५ भदौ, काठमाडौं । चीनको स्वसासित क्षेत्र तिब्बतको पश्चिमी सिझाङमा शुक्रबार राति ५ रेक्टर स्केलको भूकम्प आउँदा त्यसको धक्का काठमाडौंसम्म आइपुगेको छ ।

नेपाली सBhukampaमयअनुसार  शुक्रबार रातको ११ बजेर ३४ मीनेटमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासीहरु आत्तिँदै घरबाहिर निस्किएका थिए । तर, अमेरिकी भूकम्प मापन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार सो भूकम्पको केन्द्र नेपालभन्दा धेरै टाढा रहेको पाइएको छ ।

अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार चीनको पश्चिमी सिझाङमा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको हो । ५ रेक्टर स्केल मापन गरिएको सो भूकम्प ग्रीनवीच समय अनुसार ५ बजेर ४९ मीनेट १ सेकेन्डमा गएको हो । १० किलोमीटर गहिरो रहेको सो भूकम्पको केन्द्र काडमाडौंबाट ३ सय ३२ किमी उत्तर तिब्बतमा रहेकाले काठमाडौंसम्म त्यसको धक्कामात्रै महसुस भएको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?