+
+

घर भत्किँदा एकको मृत्यु, दुई घाइते

१६ भदौ, दाङ । दाङमा घर भत्किदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । टरिगाउँ-५ गौरीगाउँमा रहेको घनश्याम केसीको दुईतले कच्ची घर भत्किदा केसीकी १४ वर्षीया छोरी कमला केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ५:३६

निमुसंगम घर्ती

१६ भदौ, दाङ । दाङमा घर भत्किदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । टरिगाउँ-५ गौरीगाउँमा रहेको घनश्याम केसीको दुईतले कच्ची घर भत्किदा केसीकी १४ वर्षीया छोरी कमला केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

बिहान करिव साढे ४ बजे घर भत्किएको र करिव डेढ घण्टापछि स्थानियबासीहरुको सहयोगमा कमलालाई उद्दार गरी उपचारका लागि राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा कमलाको बिहान पौने ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३३ वर्षीय केसी र उहाँकी ३२ वर्षीया श्रीमती शोभा केसीको भने बिहान साढे ६ बजे नेपाल प्रहरी र स्थानीयबासीहरुले उद्दार गरेका थिए । घाईते केसी दम्पतीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?