
संसारमा ध्वनि प्रदूषणको असर तीव्र गतिका साथ बढ्दै गइरहेको छ । ध्वनि प्रदूषणले मानिस, जीव जनावर र वनस्पतिलाई समेत हानि पुर्याइरहेको छ ।
ध्वनि प्रदूषणबाट ठूला सहर मात्रै प्रभावित छैनन्, नजिकका स-साना क्षेत्र समेत प्रदूषणको चपेटामा पर्ने गरेका छन् । यसले समग्र पारिस्थितिक प्रणालीलाई समेत प्रभाव पारिरहेको छ ।
ध्वनि प्रदूषणले मुटु सम्बन्धी बिरामीको खतरा
ध्वनि प्रदूषणका कारण मेटाबलिज्मसँग जोडिएका रोगका साथै उच्च रक्तचाप र डायबिटिजको समस्या बढ्न सक्छ । ध्वनि प्रदूषणका कारण हृदयघात समेत हुनसक्छ ।
चर्को र लगातार भइरहेको ध्वनि प्रदूषणका कारण युरोपमा हरेक वर्ष ४८ हजार सर्वसाधारण मुटुरोगबाट प्रभावित भइरहेका छन् भने १२ हजारको ज्यान गइरहेको छ ।
‘मुख्य सडकमा भएका घर तथा फ्ल्याटको कम भाडा दिनुपर्छ । न्यून आम्दानी भएकाहरु त्यस्तो ध्वनि प्रदूषण हुने स्थानमा बस्छन्,’ जर्मन संघीय पर्यावरण एजेन्सी (यूबीए)का ध्वनि विशेषज्ञ थोमस माइकले भनेका छन् ।
चर्को स्वरमा कराउन थाले पक्षी
ध्वनि प्रदूषणका कारण मान्छेमा मात्रै प्रभाव परेको छैन । पंक्षीमा समेत प्रभाव पर्दै गइरहेको छ । बढ्दै गइरहेको ध्वनि प्रदूषणका कारण जनावर तथा पंक्षीको व्यवहारमा परिवर्तन आइरहेको अध्ययनले देखाएको छ । प्रदूषणको सबैभन्दा बढी असर पंक्षीमा परिरहेको छ । प्रदूषणका कारण आफ्ना साथीहरुसँग कुराकानी गर्न वा गाउन पंक्षीले चर्को स्वर निकाल्नु परिरहेको छ ।
युरोप, जापान वा बेलायतका सहरमा बस्ने प्रजातिका पंक्षी जंगलमा पाइने पंक्षीको तुलनामा चर्को स्वरले गाउँछन् वा कराउँछन् । यसका साथै अध्ययनले सडक किनारमा पाइने कीरा, टिडे्डो र भ्यागुता समेतले चर्को आवाज निकाल्न थालेको देखाएको छ ।
मानकभन्दा बढी चर्को ध्वनि प्रदूषण भएका केही सहर
बेलायतदेखि श्रीलंकाको ढाका, बार्सिलोनादेखि लिएर बर्लिनजस्ता सहरमा चर्को रुपमा ध्वनि प्रदूषण भइरहेको छ । न्युयोर्कका सार्वजनिक यातायात प्रयोग गर्नै ९० प्रतिशत सर्वसाधारणले चर्को ध्वनि प्रदूषणको सामना गरिरहेको अध्ययनले देखाएको छ । बढ्दो र चर्को ध्वनि प्रदूषणका कारण सुन्न सक्ने क्षमतामा ह्रास आउने सक्ने अध्ययनले बताएको छ ।
दैनिक भास्करबाट
प्रतिक्रिया 4