
१ जेठ, हुम्ला । हुम्लाको चंखेली गाँउपालिका- ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रबाट असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका हर्कधन तामाङ ९५ मत ल्याएर विजयी भएका हुन् ।
माओवादी केन्द्रका आधिकारिक उम्मेदवार प्रेमबहादुर तामाङले ४० मतमात्रै पाए । विजयी भएका तामाङको निकटतम प्रतिद्वन्द्वी अर्का बागी उम्मेदवार दानबहादुर तामाङ बने । उनले ४९ मत पाए । दानबहादुर कांग्रेसका बागी हुन् ।
यो वडामा जम्मा १९६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4