
१ जेठ, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले दोब्बर बढी मतले अग्रता लिएको छ ।
कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत पाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
उपमेयर पदमा जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ७४५ मतसहित अग्रता कायम राखेका छन् ।
एमालेकी शान्ति ढकालले १ हजार १९० र राप्रपाकी विन्दु चर्तिमगरले १ हजार ७७५ मत पाएकी छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारुढ दलहरुबीच कांग्रेसले मेयर र जसपाले उपमेयर लिने गरी भागबण्डा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4