
६ जेठ, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका मोहन प्रसाद तुम्वापो र देवी माया काफ्ले निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र बहादुर सुब्बा र माओवादी केन्द्रका उम्मेदवार दिना नाथ तिम्सिनालाई एक हजार बढी मतान्तरले हराउँदै तुम्वापो मेयरमा निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार तुम्वापोले १२ हजार ९५६ मत ल्याउँदा कांग्रेसका सुब्बाले ११ हजार १४६ र माओवादी केन्द्रका तिम्सिनाले ३ हजार २७६ मत मात्र पाए ।
यस्तै नगरपालिकाको उपमेयरमा एमालेकै देवी माया काफ्लेले ११ हजार ७४७ मतसहित निर्वाचित भएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३९० मत र एकीकृत समाजवादीकी विन्दा देवी राईले ४ हजार१४ मत मात्र पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4