+
+

युट्युबर गाउँ, जहाँका अधिकांस मानिसको युट्युब च्यानल छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते १८:४२

गाउँ भन्ने बित्तिकै सूचना प्रविधि र अन्य सेवा सुविधाको दृष्टिकोणले सहर भन्दा दुर्गम ठाउँ भन्ने नै बुझिन्छ । तर दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सूचना प्रविधिप्रति मानिसहरु यतिधेरै आशक्त छन् कि गाउँका अधिकांस मानिसहरु युट्युबर छन्।

उक्त गाउँका मानिसहरुलाई न त सरकारी जागिरको लोभ छ न त कुनै निजी जागिरको । अधिकांस मानिसहरुको आफ्नै युट्युब च्यानल छ र त्यसैबाट उनीहरुले पर्याप्त आम्दानी गरिरहेका छन् ।

गाउँका मानिसहरुले अनलाइन भिडियो शेयरिंग तथा सोसल मिडियाका लागि सामाग्रीहरु तयार गर्दछन् र तिनै सामाग्री युट्युबमा हालेर मोटो रकम आर्जन गर्दछन् ।

छिमेकी मुलुक भारतको छत्तिसगढमा त्यो युट्युबर गाउँ छ । रायपुर जिल्लामा पर्ने उक्त गाउँको नाम तुलसी गाउँ हो । यो गाउँ आफ्नो विशेषताका कारण सोसल मिडियामा छाएको छ । यो गाउँलाई युट्युब भिलेज तथा युट्युब हबको नामले पनि चिनिन्छ ।

उक्त गाउँको कूल जनसंख्या करीब ३ हजार छ । अधिकांस गाउँलेहरु युट्युबर बनेर सोसल मिडिया प्लाटर्फमबाट कमाइ गरिरहेका छन्। तथ्यांककै कुरा गर्दा गाउँका हरेक १ सय जनामा ४० जना मानिसल युट्युबर छन् ।

यो गाउँमा युट्युबर बन्ने कामको सुरुवात ज्ञानेन्द्र शुक्ला र जय बर्मा नामका दुईजना साथीहरुले गरेका थिए । उनीहरुले आफ्नो नेटवर्क इन्जिनियर र शिक्षकको जागिर छाडेर युट्युबर बन्ने निर्णय गरेका थिए । सुरुमा मानिसहरुले अनौठो माने । तर विस्तारै धेरैले उनीहरुकै सिको गर्न थाले । गाउँलेहरुले युट्युब तथा इन्स्टाग्राम जस्ता प्लाटर्फमका लागि कन्टेन्ट तयार गर्दछन् । गाउँमा १५ वर्षदेखि ८५ वर्षसम्मका मानिसहरुले युट्युब भिडियो बनाइरहेका हुन्छन् ।

गाउँलेहरु शिक्षा तथा मनोरञ्जन सँग सम्बन्धित भिडियोहरु बनाउने गरेका छन् । कतिपय युट्युब च्यानलका सब्सक्राइबरको संख्या त १ लाख भन्दा धेरै छ । गाउँका पहिलो युट्युबर जय बर्माका अनुसार पहिले शिक्षकको जागिर खाँदा उनले महिनामा १२ हजार भारुसम्म कमाउन गर्दथे भने अहिले ३५ हजार भारु सम्म आम्दानी गर्ने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?