+
+

नेपालले अमेरिकासहित १४ मुलुकलाई बेच्छ छुर्पी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १४:५१

२० असोज, काठमाडौं । बजेटको आकार बराबरकै व्यापार घाटाका कारण आम मानिसलाई नेपालले सबैखाले वस्तु आयात गर्छ भन्ने लाग्न सक्छ । तर भन्सार विभागको तथ्याङकले भने प्रभावशाली र सम्पन्न मुलुकमा पनि नेपालले आफ्नै मुलुकमा बनेको उत्पादनको राम्रै बिक्री गरेको विवरण भेटिन्छ ।

यस्तै मध्येमा पर्छ छुर्पी । नेपालबाट यूरोप, अमेरिका, बेलायत देशी विकसित एशियाली मुलुकहरुमा पनि छुर्पी निर्यात हुन्छ ।

चालु आर्थिक वर्षको २ महिनामा मात्रै नेपालले ३५ करोड ३५ लाख ८९ हजार रुपैयाँको २ लाख ३ हजार किलो छुर्पी निर्यात गरेको छ । नेपालले धेरै छुर्पी निर्यात गर्ने मुलुकमा अमेरिका पर्छ ।

यो २ महिनामा नेपालले अमेरिकामा २५ करोड २६ लाख रुपैयाँ बराबरको एक लाख २५ हजार ६२२ किलो छुर्पी निर्यात गरेको छ । यस्तै बेलायतमा ८ करोड २७ लाख ४६ हजार रुपैयाँको ४४ हजार ७५७ किलो पुर्छी नेपालबाट निर्यात भएको छ ।

नेपालबाट धेरै पुर्छी आयात गर्ने अर्को मुलुक संयुक्त अरब इमिरेट्स (दुवई) हो । साउनयताको २ महिनामा यस मुलुकमा ३० लाख ९८ हजार रुपैयाँको २६ हजार किलो छुर्पी आयात गरेको थियो । यसबाहेक थाइल्याण्ड, ताइवान, सिङ्गापुर, पोर्चुगल, फिलिपिन्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया, जापान र हङकङ, क्यानडा र ग्रिसमा पनि छुर्पी निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?