
९ मंसिर, गुल्मी । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार कार्कीले १८ हजार ५९६ मत ल्याउँदै लुम्बिनी प्रदेशसभामा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्सु पाण्डेले १७ हजार ९९१ मत ल्याए । कार्की र पाण्डेबीच ६०५ मतान्तर छ ।
कार्की २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4