+
+

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आजबाट ‘प्यानल डिस्कसन’, दुई नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते ११:४०

काठमाडौं । नेपाल अन्तर्राट्रिय नाटक महोत्सव-२०२२ को चौथो दिन सोमबारबाट ‘प्यानल डिस्कसन’ कार्यक्रम सुरु भएको छ । आजै दुई नेपाली नाटक पनि मञ्चन हुँदैछन् ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख : मञ्च, दर्शक कि नाटक’ शीर्षकमा संवाद भएको छ ।

जसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गरेका छन् ।

दुई नेपाली नाटक मञ्चन हुँदै

महोत्सवमा सोमबार नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ र ‘इम्ब्रिओनिक’ मञ्चन हुँदैछन् । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित ‘खुवालुङ ढुंगाको बाटो’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ ।

‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथाबारे बताउँछ ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रंगमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्वसम्बन्धी प्रश्न नाटकले उठाउँछ ।

विशेष कार्यशाला

सोमबार दुई बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ । ‘अपाङ्गता भएका दर्शकका लागि रंगमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयमा कार्यशाला हुन लागेको हो । रंगमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?