+
+

प्रियंका कार्कीको ‘चि मुसी चि’लाई दर्शक तान्नै सकस

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:२९

काठमाडौं । रिलिजअघि आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री ऋचा शर्माले ‘चि मुसी चि’लाई अघिल्लो हरर फिल्म ‘सुनकेशरी’को भर्पाइ प्रोजेक्ट भएको बताएकी थिइन् । निर्माताले पनि यो फिल्मले नेपालमा हरर ट्रेण्ड स्थापित गर्ने दाबी गरेका थिए ।

दाबी विपरीत फिल्मले पहिलो सप्ताहन्त बक्स अफिसमा कमजोर ओपनिङ गरेको छ । आइतबार दिउँसो पनि फिल्मको अकुपेन्सी मल्टिप्लेक्समा ५ प्रतिशत छ यो निकै कमजोर हो ।

प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमालसहित नाम चलेका फेसभ्यालु हुँदाहुँदै फिल्मले दर्शक तान्न सकिरहेको छैन । तर हेरेकाले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । कन्टेन्ट राम्रो भए पनि फिल्मले दर्शकमाझ अपील सिर्जना गर्न नसकिरहेको स्पष्ट चित्र यसको अकुपेन्सीले दिएको छ ।

अहिले पनि दर्शकको पहिलो रोजाइ हलिउड फिल्म ‘अवतार द वे अफ वाटर’ देखिएको छ । चौथो आइतबार पनि प्रमुख मल्टिप्लेक्समा अवतारको अकुपेन्सी दैनिक औसत ४० प्रतिशतभन्दा माथि देखिन्छ ।

आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’लाई दर्शक तान्न जुन समस्या देखियो, त्यस्तै नियति चि मुसी चिमा समेत देखिएको छ । प्रियंका कार्की र आयुष्मान जोशीको प्रमुख भूमिका रहेको फिल्मले विशेष शोमा राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । अभिनय पक्षको प्रशंसा पनि भएको थियो । तर दर्शकले चाहिं फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

अवतार २ रिलिज हुँदा दर्शकको चलायमान देखिएको थियो, यतिबेला पुनः हलहरु सुनसानजस्तै छन् । पछिल्लो साता रिलिज भएका कुनै पनि नेपाली फिल्मले दर्शकलाई तान्न सकिरहेका छैनन् ।

चि मुसी चिले बालिकाको मृत्युपछि उत्पन्न हुने अस्वाभाविक घटनाक्रमको कथावस्तुलाई चित्रण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?