
६ माघ, काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले विभिन्न वस्तुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिनको व्यवस्था खारेज गर्नु सकारातमक भएको बताएको छ ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयात एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने गरी १३ महिना अघि लागु गरेको नियम खारेज गर्नु सकरातमक भएको बताएको हो ।
१३ सय वस्तु आयातका लागि एलसी खोल्दा ५० र शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढ्न गई आर्थिक क्रियाकलाप खुम्चिंदा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक गतिविधि बढाउने अपेक्षा संघले गरेको छ ।
आयातको भुक्तानी टीटी, डीडी, डीएपी र डीएएजस्ता माध्यमबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान गर्ने अपेक्षा संघले लिएको छ ।
प्रतिक्रिया 4