+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

काएसका वैज्ञानिकले बनाए ‘थर्मल साइक्लर’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:३४

१७ फागुन, काठमाण्डौं । नेपालका वैज्ञानिकहरुले थर्मल साइक्लरको विकास गरेका छन् । काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका (काएस) वैज्ञानिकहरुले पुनः प्रयोग गर्न मिल्ने सामग्रीबाट थर्मल साइक्लरको विकास गरेका हुन् । थर्मल साइक्लर पीसीआर मेसिनको एक महत्वपूर्ण भाग हो ।

स्मार्टफोनको मद्दतले सञ्चालन गर्न सकिने थर्मल साइक्लरको लागत पाँच हजार रुपैयाँ मात्रै रहेको काएसका वैज्ञानिकले बताएका छन् । यसले विश्वसनीय ढंगले एन्टिमाइक्रोबायल रेसिस्टेन्ट (एमआर) ब्याक्टेरियल जीन पत्ता लगाउन सक्ने दावी उनीहरुको छ ।

रोगाणुरोधि प्रतिरोध (एमआर) विश्वव्यापी जन–स्वास्थ्य खतरा हो । जसले गर्दा किटाणुले हुने रोगको लागि प्रयोग गरिने एन्टिबायोटिक्स जस्ता औषधिको प्रभावकारिता कम गराउने उनीहरु बताउँछन् । यसले गर्दा संक्रमणलाई उपचार गर्न गाह्रो बनाउँछ र रोग फैलाउने, गम्भीर रोग र मृत्युको जोखिम बढाउँछ । एन्टिबायोटिक्सको अनुपयुक्त प्रयोगका कारण नेपाल रोगाणुरोधी प्रतिरोधी समस्याको उच्च जोखिममा रहेको वैज्ञानिकको भनाइ छ ।

एमआरको नियमित निगरानी गर्ने भरपर्दो विधि पीसीआर प्रविधि हो । तर नेपाल लगायत कम विकसित देशहरुमा पीसीआर प्रविधि महँगो छ ।

काएसका वरिष्ठ वैज्ञानिक डा. बसन्त गिरीको नेतृत्वमा विकास गरिएको थर्मल साइक्लर प्रविधि सम्बन्धी अनुसन्धान नतिजा अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित जर्नल प्लस ग्लोबल पब्लिक हेल्थमा छापिएको छ ।

अनुसन्धानकर्ता डा. सनम पुडासैनीले यो थर्मोसाइक्लर स्मार्टफोनबाट सञ्चालन गर्न सकिने र १२ भोल्टबाटै सञ्चालन गर्न सकिने जानकारी दिए । ‘यसको मुख्य काम जीनलाई धेरै कपी गर्नका लागि पदार्थलाई निश्चित तापक्रमसम्म तताउने र चिस्याउने हो । एक किलोग्राम भन्दा कम तौलको भएकोले दूरदराजका स्थानमा पनि प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने, ‘हामीले मानव पिसाबको नमूनाहरूको एन्टिबायोटिक संवेदनशीलता परीक्षण गर्न प्रयोग गरेका थियौं, बजारबाट किनेको लाखौं रुपैयाँ पर्ने थर्मल साइक्लरले दिएको नतिजा जस्तै दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?