+
+

गुगलको नेपाली अनुवाद सेवा सुरु, गल्ती सच्चाउने काम प्रयोगकर्ताको

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २६ गते १६:२८

इन्टरनेट दुनियाँमा ‘गड’ अर्थात भगवान मानिने सर्च इन्जिन ‘गुगल’ले नेपाली भाषा अनुवाद सेवा सुरु गरेको छ ।

गुगल ट्रान्सलेट सेवामा मंगलबारदेखि नेपाली भाषाले पनि प्रवेश पाएको छ । अब इन्टरनेट प्रयोगकर्ताले बिश्वका ७९ भन्दा बढि भाषामा लेखिएका कुरा नेपालीमा र नेपालीमा लेखिएका त्यति नै भाषामा अनुवाद गरि पढ्न सक्नेछन् ।

Google-Translate-Banner[1]पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवाद सुविधा थपेको छ । ‘एक करोड ७० लाखभन्दा बढी जनसंख्याले प्रयोग गर्ने नेपालीमा पनि अनुवाद सुरु गरेका छौं’ गुगलका सफ्टवेयर इन्जिनियर अर्ने माउसरले आफ्नो आधिकारिक ब्लगमा भनेका छन्- गुगल अनुवादलाई सही बनाउन सहयोगको अपेक्षा गरेका छौं ।’ गल्तीहरुलाई क्रमश सुधार गरिने भन्दै उसले अंग्रेजीमा दखल भएका नेपाली इन्टरनेट प्रयोगकर्ताको सहभागिताको अपेक्षा गरेको छ ।

यससँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ । ट्रान्सलेट डट गुगल डट कमका अनुसार नेपाली भाषालाई विभिन्न ७९ भाषामा अनुवाद गर्न सकिन्छ भने अन्य भाषालाई नेपालीमा अनुवाद गर्न सकिन्छ ।

प्रारम्भिक चरणमै रहेको गुगल नेपाली सेवाको अनुवादमा निकै गल्ती देखिन्छन् । यदि तपाई अंग्रेजी र नेपाली दुवै भाषामा पोख्त हुनुहुन्छ भने तपाईले लगइन गरेर योगदान पुर्‍याउन सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।  यो सेवाबाट नेपाल र नेपाली भाषासाग जोडिन चाहाने तथा नेपाली भाषाबाहेक अन्य भाषा नबुझ्ने प्रयोगकर्तालाई सजिलो हुने छ ।

 

गुगल ट्रान्सलेटमा देखिएको गल्ती

Google--Translate-nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?