+
+

बीईको प्रवेश परीक्षामा ११ कक्षा उत्तीर्ण विद्यार्थी !

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २७ गते ७:२१

२७ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा ११ उत्तीर्ण विद्यार्थीहरुलाई पनि बीइको प्रवेश परीक्षामा सम्मिलित गराउँदै आएको पाइएको छ । यतिबेला त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले बीईको प्रवेश परीक्षा सञ्चालन गरिरहेको छ । कक्षा १२ र ए लेभलको बाषिर्क परीक्षा उत्तीर्ण नभइसकेका थुप्रै विद्यार्थीले सो परीक्षा दिइरहेका छन् ।

शिक्षाविदहरुले उधारोमा परीक्षा लिने चलन नेपालमै रहेको बताउँदै यस्तो प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको कक्षा १२ को नजिता बिग्रीएमा त्यसले असर पार्ने मनोविज्ञानबारे हेक्का नराख्दा अकल्पनीय दुर्घटना हुनसक्नेतर्फ सचेत गराएका छन् । आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले बुधवारबाट लिखित प्रवेश परीक्षा लिन सुरु गरेको छ । देशभरिका १४ सम्बन्धन प्राप्त र चार आंगिक क्याम्पसका लागि करिब साढे ३ हजार कोटा तोकिएका छन् ।  त्यसका लागि करिब १४ हजारले प्रवेश परीक्षा दिँदैछन । सो संस्थानका पदाधिकारीहरले भने विगतदेखि नै यस्तै अभ्यास हुँदै आएको तर्क गर्दै आएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा भरतराज पहारीले प्रवेश परीक्षा उत्तीर्ण गरेकाहरु पछि कक्षा १२ को वाषिर्क परीक्षामा अनुत्तीर्ण भएको उदाहरण हालसम्म नभएको तर्क गर्दै भने,’प्रतिस्पर्धी विद्यार्थीहरुलाई भित्र्याउन यस्तो व्यवस्था लागू गर्दै आएका छौँ । उनीहरुलाई अन्याय नहोस् भनेर यस्तो गरिएको हो । कक्षा १२ को वाषिर्क परीक्षामा राम्रो नजितासाथ उत्तीर्ण हुने आत्मविश्वास राख्ने प्रतिस्पर्धी विद्यार्थीलाई परीक्षामा सम्मिलित हुनबाट बञ्चित गर्नु राम्रो हुँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?