+
+

वालिङ र दमौलीमा एनआईसी एशिया बैंकको शाखा खुले

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १५ गते १७:४७

NIC-asia-Branch-inauguration

१५ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको वालिङ र तनहुँको दमौलीमा नयाँ शाखा संचालन गरेको छ ।

ती शाखाको उद्घाटन संचालक विनोदकुमार प्याकुरेल र प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले संयुक्त रुपमा गर्नु भयो ।

आफ्ना ६६ शाखा, ६१ ए.टी.एम, कल सेन्टर तथा इन्टरनेट बैंकिङ्ग संजाल साथ एनआईसी एशिया मुलुकको सबैभन्दा ठूलो नेटवर्क भएका बैंकमध्ये एक बनेको छ ।

बैंकले गत आर्थिक वर्षमा संचालन मुनाफा रु. १ अर्ब ४८ करोड तथा खुद मुनाफा रु. ८१ करोड ५० लाख आर्जन गर्न सफल भएको थियो । बैंकले संचालन मुनाफामा ३९ प्रतिशत र खुद मुनाफामा २७ प्रतिशत वृद्वि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?