+
+

दीपिकाले ‘आई एम भर्जिन’ भन्दा के आपत्ति ?

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २३ गते १०:१०

deepika-padukone
बैंलोर । दीपिका पादुकोण र अर्जुन कपुरको अभिनय रहेको फिल्म ‘फाइन्डिङ फनी’ प्रदर्शन अघि नै विवादमा परेको छ । फिल्मको टे्रलर सार्वजनिक हुने बित्तिकै कर्नाट समर्थक संगठनले बिरोध प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीहरुले फिल्मले कर्नाटकको वारेमा केही आपत्तीजनक सन्देश पेश गरेको आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरुले कर्नाटकका विषयमा राखिएको आपत्तीजनक शब्द हटाउनुपर्ने माग गरेका छन् । यता सेन्सर बोर्डले भने दिपिकाले बोलेको ‘आई एम भर्जिन’ भन्ने शब्दलाई प्रदर्शन अनुमति दिएको छ ।
फिल्मको बिरोधमा कर्नाटकका केही राजनीतिक दलका कार्यकर्ता सक्रिय भएका छन् । फिल्ममा कर्नाटकलाई ‘मेन्टल स्टेट’ भनेकोप्रति ति कार्यकर्ताले आपत्ति जनाएका छन् ।

‘निर्देशकले जानी जानी कर्नाटकवासीलाई हेपेका हुन् । त्यसकारण माफी माग्नुपर्छ ।’ एक स्थानियले भने । उनिहरुले फिल्मको निर्माताले माफी माग्नुको साथै कर्नाटकलाई फेरी अपहेलना नगर्ने प्रतिबद्धता जनाउनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?