Comments Add Comment

१९ वर्षपछि हलबाट उत्रियो ‘दुल्हनीया’

Kojal
मुम्बई । सन १९९५ मा रिलिज भएको शाहरुख खान र काजोल अभिनित हिन्दी फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ १९ वर्षपछि हलवाट उत्रेको छ । मुम्बइमा रहेको मराठा मन्दिर सिनेमाघरमा यो सिनेमा १९ वर्षदेखि लगातार चलेको थियो ।

पछिल्ला दिनमा दर्शक घट्दै गएकाले फिल्म उतारिएको फिल्म हलका सञ्चालकले बताएका छन् । बिगत केही वर्षदेखि हरेक दिन बिहान ११:३०को शोमा यो फिल्म देखाउदै आएको थियो हलले ।

मुम्बइवाट प्रकाशित पत्रिका मिड डे संग कुरा गर्दै चलचित्र भवनका प्रबन्ध निर्देशक मनोज देसाइले पछल्ला दिन दर्शक घटदै गएको बताए । ‘पछिल्लो समय दर्शक घट्दै गएकाले फिल्म उतार्ने निर्णय गरेको हुँ ।’ देसाइले भने ।

विभिन्न टेलिभिजनले अचेल यो फिल्मलाइ प्रदर्शन गरिरहेका छन् भने, काजोल अहिले अभिनयबाट टाढिइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment