नेपाल सांस्कृतिक सङ्घले यस वर्षको ‘देवकोटा काव्यिक पुरस्कार’ गद्य कवितातर्फ सन्ध्या पहाडी, पद्यकवितातर्फ रत्ननिधि रेग्मी शुक्राचार्य र गीतगजलतर्फ रवि प्राञ्जललाई दिने भएको छ ।
आआफ्ना विधामा योगदान पुर्याएबापत उनीहरुलाई जनही पाँच पाँच हजारले पुरस्कृत गर्न लागिएको संघका कार्यकारिणी सदस्य रमेश खकुरेलले जानकारी दिए ।
पहिलो पटक घोषित सो पुरस्कार आगामी लक्ष्मीजयन्तीका दिन कात्तिक ६ गते प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4