+
+

‘नीलोफर’बारे प्रधानमन्त्री कार्यालयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते १९:००

११ कात्तिक, काठमाडौं । अरब सागरमा देखा परेको विनाशकारी समुद्री तुफान ‘नीलोफर’को असरबारे मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबार छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शान्तराज सुवेदीले नीलोफरले नेपालमा पार्न सक्ने प्रभावबारे मौसम विज्ञान विभागका महानिर्देशकलाई बोलाएर छलफल गरेका छन् ।

छलफलपछि जारी प्रेस वक्तव्य अनुसार तुफानको असर देखिने दिनमा हिमपात हुने सम्भावित क्षेत्रमा नजान पर्यटक र पथप्रदर्शकहरुलाई स्थानीय प्रशासनमार्फत सूचित गर्ने निर्णय भएको छ ।

त्यसैगरी सञ्चार माध्यममार्फत् तुफानको खतराबारे सर्वसाधारणलाई सुसूचित गराउने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेपालको मौसम विज्ञान विभागले मौसमको अनुमान गर्न नसक्ने अवस्थामा छिमेकी देशको सहयोगमा सूचना लिने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ । जोखिमको सूचना दैनिक रुपमा सम्प्रेषण गर्न प्रधानमन्त्री कार्यालयले मौसम विज्ञान विभागसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?