१२ कात्तिक, कञ्चनपुर । नेपाल बैंक लिमिटेड झलारी उपशाखा ११ वर्षदेखि पुनरस्थापना नहुँदा स्थानीय बासिन्दाको करोडौंको बैंकिङ कारोबार प्रभावित भएको छ ।
विसं २०३८ मा स्थापना भएको बैंक पुनरस्थापना नहुँदा झलारी, पिपलाडी, दैजी, कृष्णपुर, देखतभुली गाविसका बासिन्दाको कारोबार प्रभावित भएको हो ।
झलारीमा एकमात्र सरकारी बैंकको रुपमा रहेको उक्त उपशाखा द्वन्द्वकाल सुरु भएपछि २०५९ सालतिर महेन्द्रनगर विस्थापित भएपछि पुनरथापना गराउने स्थानीय प्रयास सफल हुन सकेका छैनन् ।
नेपाल बैंक लिमिटेडका दार्चुलाको गोकुलेश्वर, बैतडीको हाट, बझाङ बिचगडा, डडेल्धुराको जोगबुडा, डोटीको जोरायल, अछामको ढकारी र पञ्चदेवल शाखा पनि दशकदेखि विस्थापित छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4