+
+

डिभिजन थ्री च्याम्पियन क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाइ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १३ गते ११:४१

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मलेशियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेकोमा नेपाली टीमलाई बधाइ दिएका छन् ।

कोइरालाले कप्तान पारस खड्कालाई टेलिफोन गरी सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट कप्तान, समस्त खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन् ।

उनले यस सफलताले नेपाली क्रिकेट टीमलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले नेपाललाई डिभिजन टु मा पुर्‍याएर नेपाली क्रिकेट टीमले राष्ट्रिय गौरव बढाएको बताएका छन् । अन्तराष्ट्रिय खेल जगतमा नेपालको राष्ट्रिय झण्डा उचो बनाएर नेपालीको शान र मान अभिवृद्धि गराउने समस्त खेलाडी र प्रशिक्षकप्रति आफूलाई गर्व लागेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?