+
+

पीडित राहत कोषको नौ लाख हस्तान्तरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते ११:०५

donationयूएर्इ । युएईमा संकलित सिन्धुपाल्चोक बाढीपहिरो पीडित राहत कोषको करिब नौ लाख रूपैंयाँ रकम पीडितलार्इ हस्तान्तरण गरिने भएको छ । विभिन्न चरणको छलफलपछि एनआरएन युएईको आव्हानमा सिन्धुपाल्चोक सेवा समितिको संयोजकत्वमा गठित सिन्धुपाल्चोक बाढी पहिरो पीडित राहत कोषको सो रकम हस्तान्तरण गर्ने निर्णय गरिएको हो ।

 युएईमा रहेका सम्पूर्ण नेपाली द्वारा संकलित उक्त रकम तीन चरणको छलफल तथा सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनासकारी पहिरोको स्थलगत भ्रमण तथा पहिरो र बाढीपीडितहरुसंगको साक्षात्कार भलाकुसारीपछि अहिलेको बस्तुस्थितिको बारेमा स्थानीयबाट जानकारी लिएर सबैको साझा धारणा अनुरुप सहयोग प्रदान गर्ने निर्णय भएको हो ।

सिन्धुपाल्चोकस्थित बनसाँघु माध्यमिक बिद्दालयमा अध्यनरत पीडित बिध्यार्थीलाई तीन लाखको छात्रावृति अक्षयकोषको स्थापना गर्ने तथा प्रत्यक्ष बाढीपहिरो पीडितलार्इ पहिचान गरि छ लाख रूपैंयाँ नगद  वितरण गर्ने निर्णय सर्ब सम्मतबाट पारित गरिएको छ।

उक्त बैठकमा  पीडित संघका संयोजक सुरेश नेपाल,  एनआरएन एनसीसी युएईका महासचिब तथा सिन्धुपाल्चोक बाढीपहिरो पीडित राहत कोष युएईका सह संयोजक गोपाल कंडेल, एनआरएन एनसीसी युएईका अध्यक्ष कृष्ण भुसाल, , गोर्खा सेवा समाज युएईका अध्यक्ष भीम श्रेष्ठ, नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी, सिन्धुपाल्चोक सेवा समिति युएईका सचिब मनोज नेपाल, समाजसेवी तथा सीएनएनई न्युज का सूर्य चन्द, सिन्धुपाल्चोक सेवा समितिका अध्यक्ष रबिन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।

साथै सो रकम वितरणको सम्पूर्ण जिम्मेवारी समितिका संयोजक बिदुर न्यौपाने तथा सिन्धुपाल्चोक सेवा समिति युएईले गर्ने गरी सहमति निर्णयमा हस्तक्षर गरिएको छ ।

सूर्य चन्दबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?