Comments Add Comment

यस्ता छन् सन् २०१४ मा यु ट्युबमा सबैभन्दा धेरै लोकप्रिय भिडियो

Kiss
अंग्रेजी पात्रोअनुसार वर्ष सन् २०१४ अब सकिनै थालेको छ । यो वर्ष भिडियो शेयरिङ साइट यु ट्युबमा सबैभन्दा धेरै हेरिएका भिडियोहरु के के होलान् ? जान्ने इच्छा तपाइँको पनि होला । हामीले खोजिनीति गरिरहनु पर्दैन । यु ट्युब आफैले यो वर्ष सबैभन्दा धेरै रुचाइएका तथा हेरिएका भिडियोहरुको सूचि सार्वजनिक गरेको छ ।

यु ट्युबले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित गरेको You Tube Rewind 2014 शीर्षकको सामाग्री अनुसार सन् २०१४ यु ट्युबका लागि तहल्कादायी वर्ष रह्यो र पप संस्कृतिको बोलवाला रह्यो ।

यु ट्युबमा राखिएको भिडियोका दर्शक संख्या वा पटक, शेयर, कमेन्ट तथा लाइक जस्ता कुराहरुको आधारमा यु ट्युबको टप टेनमा पर्ने भिडियोहरु विविध प्रकारका रहेको पाइएको छ ।

सन् २०१४ मा सबैभन्दा बढि हेरिएको भिडियोको रुपमा पोल्याण्डमा तयार पारिएको माकुरे कुकुरको व्यंग्यात्मक तथा हँसिमजाक भिडियो पहिलो नम्बरमा पर्न सफल भएकेा छ । ठूलो माकुरोको रुपमा सिंगारिएको डरलाग्दो कुकुरले तर्साएको यो भिडियो ११ करोड ३४ लाख पटक हेरिसको, ४१ हृजार कमेन्ट आएका र ५ लाख ७१ हृजार लाइक पाएको छ ।

यो वर्ष सबैभनदा लोकपि्रय भिडियोको दोश्रो नम्बरमा विश्वकप फुटबल सम्बन्धि चर्चित ब्राण्ड नाइकको विज्ञापन सामाग्री रहेको छ । यो भिडियोमा विश्वका चर्चित फुटबलरहरु रोनाल्डो, नेयमार, रोनी लगायतलाई देखाइएको छ ।

लोकप्रियताको तेश्रो स्थानमा भने चुम्बनयुक्त विज्ञापन भिडियो पर्न सफल भएको छ । फेसन सम्बन्धि सामाग्री बिक्रेता वेर्न स्टुडियोले २० अपरिचित जोडीलाई पहिलोपटक चुम्बन गर्न लगाएर तयार पारेको यो भिडियो चर्चा र विवाद दुबैका कारण टप थ्री मा पर्न सफल भयो ।

लोकप्रियताको चौथो स्थानमा भने इटालीको एक टेलिभिजन रियालिटी शोमा सिस्टर क्रिस्टिना सुसियाले गीत गाएको भिडियो पर्न सफल भएको छ ।

टेक च्यानल अनबक्स थेरापीले तयार पारेको आइफोन सिक्स बंग्याइएको भिडियो लोकप्रियताको पाँचौ नम्बरमा परेको छ ।

बेलायतको चर्चित टेलिभिजन रियालिटी शो ब्रिटेन्स गट ट्यालेन्टमा दुइ बालकको प्रस्तुतीको भिडियोले यु ट्युबमा लोकपि्रयताको छैटौँ नम्बरमा आफुलाई पार्न सफल भएको छ ।

अमेरिकी बियर कम्पनी बडवेइजरले तयार पारेको पप्पी लभ शीर्षकको भिडियो यो वर्षको सातौँ लोकप्रिय भिडियो बन्न सफल भएको छ ।

आठौँ नम्बरमा अर्को हँसिमजाक भिडियो पर्न सफल भएको हुन्छ । त्यसमा एउटा भुतजस्तो डरलाग्दो बालकले मानिसहरुलाई तर्साइरहेको देख्न पाइन्छ ।

म्युजिकल कमेडी इपिक र्याप ब्याटल्स अफ दी हिस्ट्रीले ल्याएको तेश्रो सिरिजको भिडियो यु ट्युबमा यो वर्ष निकै चल्यो । गोकु भर्सेस सुपरम्यान शीर्षको यो भिडियो ४ करोड १० लाख भन्दा बढिले हेरेका छन् ।

यु ट्युबमा यो वर्ष केवल कमेडी तथा बेतुकका भिडियोहरुले मात्र चर्चा पाएनन् चेतनामूलक भिडियो पनि निकै चर्चामा रह्यो ।

एक महिला १० घण्टासम्म न्युयोर्क सहरमा चुपचाप हिँडेको र त्यसक्रकममा युवकहरुले उनीप्रति गरेको व्यवहार समेटिएको भिडियो टप टेनमा पर्न सफल भएको छ । यो भिडियोमा महिलामाथि सडकमा कस्तो प्रकारका दुर्व्यवहार गरिन्छ तथा अमेरिकाजस्तो विकशित देशमा पनि महिलालाई कस्तो हिंसा हुने गर्छ भन्ने देखाइएको छ ।

शोशाना रोबर्टस्ले आफ्नो १० घण्टै मौन सहर यात्राका क्रममा १ सय भन्दा बढि बोलीजन्य दुर्व्यवहार भएको जनाएकी छिन् । यसरी हिंसा गर्नेमा हरेक पृष्ठभूमिका पुरुष रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment