+
+

सोट्टोको अध्यक्षमा यम बहादुर खड्का चयन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते ९:५९

Sotto-Nepal-New-karyasamiti
२८ मंसिर, काठमाडौं । सोसाइटी अफ् टूर एण्ड ट्राभल अपरेटर्स (सोटो-नेपाल)मा यमबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा शनिबार सम्पन्न सातौं बाषिर्क साधारणसभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल लामा, द्वितीय उपाध्यक्षमा भोला खड्का, महासचिवमा मधुसुदन उपाध्याय, सचिवमा नारायण पराजुली, कोषाध्यक्षमा भुवनबहादुर पाण्डे र सहकोषाध्यक्षमा मानबहादुर शाही चयन भएका छन् ।

त्यसैगरि, सदस्यमा मनोजकुमार चौधरी, रेश्मा रन्जित, अर्जुन अधिकारी, इन्दिरादेवी गौतम, मधुकर शम्सेर जबरा, राजेन्द्र प्रसाद त्रिपाठी, दीपक दाहाल चयन भएका छन् ।

कार्यसमिति चयनका लागि प्रथम उपाध्यक्ष र महासचिव पदमा क्रमशः अनिल लामा र दामोदर घिमिरे तथा मधुसुदन उपाध्याय र सूर्यबहादुर घिमिरेबीच निर्वाचन भएको थियो । निर्वाचनमा लामाले ६८ मत र उपाध्यायले ७१ मत ल्याई निर्वाचित भए ।

सोट्टो नेपालको निर्वाचनमा ९७ मतदाता रहेकोमा ७६ मत खसेको थियो । यसैबीच, साधारणसभाले प्रकाश तिवारी र निल थापालाई सदस्यमा मनोनयन गरेको छ भने सल्लाहकारमा नन्दप्रसाद राई र सुधिर अधिकारी तथा प्रेस सल्लाहकारमा शिव श्रेष्ठलाई मनोनयन गरेको छ ।

निर्विरोध अध्यक्षमा निर्वाचित भएका खड्काले ट्राभल व्यवसायीहरुमा देखिएका विभिन्न समस्याहरु, आएटा तथा बजेट एयरलाइन्सबीच देखिएका समस्याहरु समाधानका लागि पहल गर्ने, सदस्यता संख्यामा वृद्धि गर्ने र हाल भइरहेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

दुई वर्षे कार्यकाल रहने सोट्टो-नेपालमा १४ सदस्य निर्वाचित, एक सदस्य निवर्तमान अध्यक्ष र दुई सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?