+
+

कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ४ गते १६:१०

corporate-development-bank४ पुस काठमाडौं । पर्साको बीरगञ्जमा प्रधान कार्यालय रहेको कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्ता घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सुधारका लागि ६ महिनाको समय दिएको डेपुटी गभर्नर महाप्रसाद अधिकारीले अनलाईनखबरलाई जानकारी दिए ।

सर्वसाधारण निक्षेपकर्ताकोा निक्षेप जोखिममा पर्न नदिन राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको उनले बताए ।

समस्याग्रस्त घोषणासँगै राष्ट्र बैंकले कर्पोरेट बैंकलाई निक्षेप संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाएको छ । संस्थालाई पुँजी कोष अनुपात तत्काल १० प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ ।

त्यसैगरी लाभांश तथा बोनस सेयर घोषणा गर्न, संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता, संस्था छोड्दा दिने अन्य सुविधा बृद्धि, व्यवस्थापन शुल्क वा व्यवस्थापनको तजविजले दिन सक्ने अन्य क्षतिपूर्ति प्रदान गर्न पनि रोक लगाइएको छ ।

कूल कर्जामा खराब कर्जाको मात्रा (एनपीए) पाँच प्रतिशतभन्दा कम गर्न प्रतिशतसम्ममा ल्याउनुपर्ने निर्देशन छ । राष्ट्र बैंकको स्वीकृति लिएर भने संस्थाले सुधारका काम अघि बढाउन सक्नेछ ।

२०७० भदौ २ गते राष्ट्र बैंकले बैंकलाई शिघ्र सुधारात्मक कारवाही गरेको थियो । बैंकको वित्तीय अवस्था नसुधि्रएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकले पुँजी वृद्धि योजना पेस गर्न निर्देशन दिएपछि बैंकले योजना पेस गर्न सकेको थिएन ।

कारवाही किन ?

शिघ्र सुधारात्मक कारवाहीपश्चात बैंकको २०७० पुस मसान्तको वित्तीय विवरणको आधारमा स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकले पुँजीकोष अनुपात २.८६ प्रतिशतले ऋणात्मक भएको तथ्य फेला पार्‍यो ।

पुँजीकोष ऋणत्मक भएपछि राष्ट्र बैंकले संस्थालाई किन समस्याग्रस्त घोषणा नगर्ने ? भन्दै सोधेको प्रष्टिकरणमा  बैंकले २०७१ असार मसान्तमा पुँजीकोष अनुपात ३.०६ प्रतिशत र साउन मसान्तमा ४.७५ प्रतिशत कायम गर्ने उल्लेख गरेको थियो । सो अवधिमा उल्लेखित पुँजीकोष पुर्‍याउन नसकेपछि राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकको कर्जा असूली र गैरबैंकिङ सम्पतिको व्यवस्थापनमा कुनैपनि परिवर्तन भएको छैन । दुई करोड २७ लाख कर्जा नोक्सानी व्यवस्था नगरेको राष्ट्र बैंकले जनाएको छ ।

के छ अवस्था ?

बैंकले २०७० चैतदेखि वित्तीय विवरण सार्वजनिक गरेको छैन । चैतयता नियमितरुपमा वित्तीय विवरण गरेको भए त्रैमासिक विवरण दुईपटक आउने थियो ।

बैंकले प्रकाशित गरेको चैत मसान्तको वित्तीय विवरण हुनसार ८१ करोड ५४ लाख रुपैयाँ निक्षेप र ४३ करोड २४ लाख कर्जा छ ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंक १४ करोड ८७ लाख रुपैयाँ खुद नोक्सानीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?