+
+

एमाओवादी वार्तामा बस्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २४ गते १५:४३

dinanath sharma२४ माघ, काठमाडौ । प्रश्नावली प्रस्ताव समिति खारेज हुनुपर्ने माग गर्दै सशक्त सडक संघर्षको घोषणा गरेको एकीकृत नेकपा माओवादी वार्तामा बस्न तयार देखिएको छ ।

एकीकृत माओवादी प्रवक्ता दिनानाथ शर्माले शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा पत्रकार सम्मेलन गरी आफूहरु सहमति अनुसार संविधान बनाउने प्रतिवद्धता अाएमा आफूहरु वार्तामा बस्न तयार भएको बताए ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि विपक्षी दलका नेताहरूसँग पहल थालिरहेका बेला एमाओवादीे पनि वार्तामा आउन तयार देखिएको हो । सहमतिबाट संविधान निर्माण गर्ने प्रतिवद्धतासहित वार्तामा बोलाएमा वार्तामा बस्न आफूहरु तयार रहेको शर्माले स्पष्ट गरे ।

सहमतिका लागि प्रधानमन्त्री कोइरालाको प्रतिवद्धता आएमा ३० दलको वैठक बसेर निर्णय लिइने शर्माले बताए । बहुपहिचानका आधारमा प्रदेश बनाउन सहमत भए संविधानका सबै अन्तर्वस्तुमा सहमति हुने प्रवक्ता शर्माले विश्वास ब्यक्त गरे । तिहाइ वहुमतको प्रक्रियाबाटै अघि बढ्न खोजेमा भने आन्दोलन अगाडि बढ्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?