+
+

कोसीटप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटक बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १०:२०

८ फागुन, इटहरी । अर्ना तथा घुमन्ते र साइबेरियन चराका लागि स्वर्गभूमिका उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षमा नेपाली तथा विदेशी पर्यटक आउने एवम् अवलोकन बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।

विशेषगरी विश्वको दुर्लभ प्रजातिको अर्ना अध्ययन तथा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने आरक्षमा चालु आवका माघ मसान्तभित्रमा स्वदेशी र विदेशी गरी पाँच हजार ६३७ जना पर्यटकले आरक्षको अवलोकन भ्रमण गरिसकेका छन् ।

आरक्षले दिएको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या विगत वर्षको तुलनामा यो वर्ष बढिरहेको देखाएको छ । अघिल्लो आवको माघमा ५२ विदेशी पर्यटक आरक्षमा आएकामा यो वर्षको माघमा ७८ जना बाह्य पर्यटकले आरक्षको अवलोकन गरेको देखिएको छ ।

यसैगरी आरक्षले विभिन्न शीर्षक र पर्यटक शुल्कबापत उठाउँदै आएको राजस्वमा पनि वृद्धि भइरहेको पाइएको छ । यो चालु आवको सात महिनामा करिब रु १७ लाख राजस्व सङ्कलन भएको छ ।

आरक्षले अघिल्लो वर्षमा करिब २१ लाख राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्ष स्वदेशी र विदेशी गरी सात हजार ३२४ पर्यटकले आरक्षको अवलोकन गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?