+
+

आमिरको छोरी बन्न तीन युवतीको कुस्ती

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते ९:३८

amir-doter

मुम्बई । तीन नवोदित अभिनेतृहरु यतिबेला आमिर खानको छोरी बन्ने प्रतिस्पर्धामा छन् । भारतका पहलमान महावीर फोगावतमाथि फिल्म बनाउने तयारीमा रहेका आमिर खान अहिले फिल्ममा महावीरको छोरीको खोजीमा छन् । महाबीरको भुमिका आमिर आफैंले निर्वाह गर्दैछन् ।

अहिलेसम्म तापसी पन्नु, अक्षरा हसन र दीक्षा सेठले आमिरको छोरी बन्न रुची देखाएका छन् । आमिरले आफ्नो छोरी छान्ने जिम्मा निर्देशक नितेश तिवारीलाई दिएका छन् ।

यस फिल्ममा आमिरको छोरी बन्नेले अभिनय मात्रै राम्रो गरेर हुन्न कुस्ती पनि दर्‍हैसँग खेल्नुपर्छ । अडिसनवाट छानिएका तीनै सुन्दरीको कामवाट सन्तुष्ट निर्देशक तिवारी तीन मध्ये कसलाई काम गराउने भन्नेमा द्धिविधामा छन् ।

तीनमध्ये अक्षरा हसनले धनुष र शमिताभमा काम गरेकी छिन् । दिक्षा सेठले राजकुमारका नाती अरमान जैनसँग ‘दीवाना दिल’ मा काम गरेकी छिन् ।

तापसीले फिचर फिल्ममा काम नगरे पनि अडिसनमा उनको प्रस्तुति सबै भन्दा राम्रो थियो ।

‘दंगल’ नाम राखेर फिल्म बनाउने तयारीमा रहेका आमिरले सुरुमा फिल्ममा आफ्नो छोरीको भुमिकामा कंगना राणावतलाई प्रस्ताव राखेका थिए । कंगना आमिरको छोरीको भुमिकामा देखिन नमाने पछि आफ्नो छोरी खोज्ने जिम्मा निर्देशक तिवारीलाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?