+
+

प्रचण्ड र वैद्य माओवादीले संयुक्त आन्दोलन गर्ने (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते १४:५८

Prachanda--baidhya-barta
१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीले पार्टी एकताको अभियान सुरु गर्दै संयुक्त आन्दोलन गर्ने सहमति गरेका छन् ।

प्रचण्डनिवास लाजिम्पाटमा आइतबार दुई माओवादीका पदाधिकारीबीच भएको वार्तामा पार्टी एकतासहितका विषयमा चारबुँदे सहमति भएको छ ।

सत्तारुढ दल र माओवादीबीच दुरी बढिरहेका बेला दुई माओवादीबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर फर्किएका प्रचण्डलगतै बैद्य माओवादी नेताहरुसँग वार्तामा बसेका थिए । वार्तामा दुबै माओवादीका पदाधिकारीहरुको उपस्थिति थियो ।

वार्ता समिति गठन

वाार्ताले सबै माओवादी र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीच पार्टी एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै वार्ता समिति बनाएको छ ।

हेर्नुस् भिडियो-

वार्ता समितिमा एमाओवादीबाट अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी छन् भने नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिव देव गुरुङ छन् ।

वार्ता समितिले पार्टी एकताका लागि बैचारिक राजनीतिक प्रश्नहरुमा साझा निष्कर्ष निकाल्न प्रयास गर्ने जिम्मा पाएको छ ।

साथै प्रचण्ड र बैद्यले पार्टी एकता अभियानमा सहभागी हुन सबै माओवादी र क्रान्तिकारी कम्युनिष्टहरुलाई अपीलसमेत गरेका छन् ।

संयुक्त आन्दोलन गर्ने सहमति

प्रचण्ड र बैद्य माओवादीको बैठकले मुलुकमा प्रतिगमन बढेको ठहर गर्दै प्रतिगमन, जनघात, राष्ट्रघात र जनजीविकाका विषयलाई संयुक्त आन्दोलन उठाउने सहमति भएको छ ।

यस्तै सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानविनसहित शान्ति प्रक्रियासँग जोडिएका विषयमा पनि संयुक्त आन्दोलन गर्ने सहमति भएको छ ।

द्वन्द्वकालीन घटना मुद्दा चलाइएको र अझै पक्राउ गर्ने काम भएको भन्दै दुई माओवादीले यसलाई प्रतिगामीकारी कदम भनेका छन् ।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति

UCPN MAOIST And CPN-Maoist

तस्वीरः प्रकाश दाहालको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?