-
दुई बर्ष पहिले नेपाल भ्रमणका क्रममा राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गर्दै राजकुमार विन तलाल
१७ वैशाख, काठमाण्डौ । साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन् ।
उनले आफ्नो परोपकारी संस्था अलविद विन तलाल फाउण्डेसन मार्फत् हालै उक्त रकम सहयोगको घोषणा गरेको अरवन्यूजले जनाएको छ ।
यो रकम उनले इन्टरनेशनल मेडिकल कर्प, हेविटाट फर ह्युमिनिटी र वल्र्ड फुड प्रोग्राममार्फत् नेपालका भूकम्प पिडीतका लागि खर्च गर्नेगरी सहयोग गरेका हुन् । लेवनानमा दर्ता रहेको राजकुमार तलालको फाउन्डेसन ९० मुलुकमा परोपकारी कार्यमा संलग्न छ ।
साउदी राजकुमार दुई बर्ष नेपाल भ्रमणमा आएका थिए । हालै नेपाल सरकारले उनलाई मुलुकको सर्वोच्च मान पदवीले सम्मान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4