+
+

पर्यटन व्यवसायी आचार्यको निधन

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ९ गते १७:३०

९ जेठ, काठमाडौं । पर्यटन व्यवसायी श्रीधरप्रसाद आचार्यको निधन भएको छ । गोदावरी भिलेज रिसोर्ट तथा ग्रीनवीच भिलेज होटलका प्रवन्ध निर्देशक आचार्यको गएराती ७४ वर्षको उमेरमा निधन भएको हो ।

Shreedhar-Acharyaउनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । नेपालको विभिन्न पाँच तारे होटल व्यवस्थापनमा समेत आवद्घ रहेका आचार्य नेपाल उद्योग परिसंघको संस्थापक समेत हुन् । उनले हिमालयन टी गार्डेन र सूर्यटोबाको संस्थापन गर्न समेत योगदान दिएका थिए ।

नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सरकारले गोरखा दक्षिणवाहुबाट समेत आचार्यलाई सम्मान गरेको थियो । आचार्यका तीन छोरी, एक छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?